Birat Post बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेष्ठ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डां. शेखर कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त हुँदै जादा पनि अख्तियार र अदालत चुपलागेर बसेको आरोप लगाएका छन् । कांग्रेस नेतृ शैलजा आचार्यको ११ औं स्मृृति दिवसका अवसरमा शैलजा आचार्य पोलिटेक्निकले विराटनगरमा  विहिवार  आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले भने ‘आफैले नियुक्त गरेका आफूअनुकुलका पदाधिकारी अख्तियारमा भएकाले सरकारलाई भ्रष्टाचार गर्न सहज भइरहेको बताए ।’ प्रधानमन्त्रीले संसदमा दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै उनले सरकारको कामको आलोचना गरेका छन् । कोरोनाको नाममा भ्रष्टाचार बढेको र मेडिकल सामाग्री खरिद प्रकृयामा भइरहेका गलत कामको भण्डाफोर गर्न आबश्यक भइसकेको बताए ।

यस्तै भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने कोइरालाले बताएका छन् । लिपुलेक र लिप्पियाधुरा नेपालकै भूमी हो ‘त्यो नेपालकै भूभाग भएको कुरामा दुई मत छैन, म पनि भन्छु त्यो नेपालकै क्षेत्र हो’,। कोइरालाले नेपाल र भारत बीचको सीमा विवाद ऐतिहासिक प्रमाण र दस्तावेजका आधारमा छलफल र समझदारीबाटै टुंगो लगाउनु पर्नेमा जोड दिए । सीमा विवादलाई अन्तराष्ट्रियकरण गरेर वा अन्तराष्ट्रिय न्यायलय गुहारेर समाधान गर्न मुस्किल पर्ने कोइरालाको भनाई छ । ‘कतै कतै अन्तराष्ट्रिय समुदाय गुहार्ने, अन्तराष्ट्रिय अदालत जाने भन्ने तर्क पनि सुनिन्छ’ डा. कोइरालाले भने ‘तर, त्यसरी समस्या समाधान गर्न सजिलो हुनेछैन ।’

कार्यक्रममा गुठीका अध्यक्ष मिता आचार्यले स्वर्गीय शैलजाको व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेकी थिइन् । शैलजा आचार्य राजनैतिक न्याय मूर्ति भएको भन्दै आचार्यले महिला भएर पनि त्यस वेलाको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान अतुलनिय भएको स्मरण गरिन् । यस्तै शैलजा आचार्य पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतोले शैलजा राजनैतिक क्षेत्रको मात्रै नभएर शैक्षिक अभियन्ता समेत भएको बताए ।

बरिष्ठ पत्रकार अनन्तराज न्यौपानेले शैलजा आचार्यको ब्यक्तित्व र क्रान्तिकारी विचारधारा र वीपीको नेतृत्वका हरेक आन्दोलनमा गरेका स्मरणीय दिनहरुको चर्चा गरे । सो अवसरका जीपी फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौला,गैर सरकारी संस्थाको अध्यक्ष प्रभा अधिकारी ,बरिष्ठ पत्रकार शेखर रेग्मी,कुमोद अधिकारी,प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेल लगायतको सहभागिता रहेको थियो ।यस्तै पोलिटेक्निकले स्मृर्ति दिवसको अवसरमा कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल