Birat Post बिहिबार, आषाढ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ असार ।
विराटनगर महानगरपालिकाका ३५ जना कृषकलाई स्प्रेमेशिन वितरण गरेको छ । महानगरपालिकाले गरिबसँग विश्वेश्वर कार्यक्रम अन्र्तगत किसानहरुलाई खेतबारीमा औषधी छर्कने मेशिन वितरन गरेको हो ।

विराटनगर– ८ स्थित वडा कार्यालयमा विहिवार एक अनौपचारिक कार्यक्रमका बीच विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले कृषकलाई मेशिन वितरण गरेका थिए । महानगरपालिकाले अढाई लाख रुपैयामा वेट्रिबाट चल्ने मेशिन खरिद गरेको हो ।

विराटनगर– ८ र १४ नम्बर वडाका कृषकलाई १६ लिटर क्षमता रहेको स्प्रे मेशिन वितरण गरिएको महानगरपालिका सामुुदायिक विकास महाशाखा प्रमुुख पुुनम दाहालले बताए ।
महानगरपालिका प्रमुुख पराजुुलीले तरकारी तथा अन्यबालीमा औषधी छर्कन सजिलो होस् भन्ने उदेश्यले मेशिन वितरण गरिएको भन्दै त्यसको सहि उपयोग गर्न कृषकलाई आग्रह गरे ।
विश्वेश्वर प्रसाद कोइरालाले प्रधानमन्त्री हुुदा गरिबको अनुुहार हेरेर योजना बनाउन मन्त्रीहरुलाई भनेको प्रसंग उल्लेख गर्दै उनले महानगरपालिकाले यसवर्षको बजेटमा कृषि र स्वास्थ्यलाई लक्षित गर्दै योजनाहरु ल्याएको बताए । मेयर पराजुुलीले मेशिनको प्रयोग गरेर बालीनालीमा लाग्ने किराबाट बालीलाई जोगाएर उत्पादन बढाउन कृषकलाई आग्रह समेत गरे ।
गरिबसंग विश्वेश्वर कार्यक्रमका संयोजक युुवा भन्डारीले व्यवसायिक कृषकलाई मेशिन वितरण गरिएको बताए । विराटनगर–८ का किसान प्रेमलाल राजवंशीले यसअघि मेशिन नहुुदा अरुसंग मेशिन मागेर खेतबारीमा प्रयोग गर्दै आएकोमा अब मेशिन पाएपछि धेरै सहज हुुने बताए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल