Birat Post बुधबार, साउन १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ साउन ।

प्रदेशकाे राजधानी रहेको विराटनगरलाई लकडाउन गर्ने बाटाे खुल्ला राख्दै केही दिन थप कडाइ गरिने भएको छ । अबका तीन दिनकाे अबस्थालाई हेरेर लकडाउन गर्ने निर्णय भएको छ ।

माेरङ जिल्ला स्तरीय काेभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बुधबार बसेकाे बैठकले तीन दिन थप कडाइ गरिने र अबस्था मूल्यांकन गरि तीनदिनपछी लकडाउन  गरिने निर्णय गरेको छ ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि  तत्काललाई थप निगरानी र कडाइ गर्ने साथै  अबस्था थप असहज बने तीनदिन पछि लकडाउन गरिने निर्णय भएको विराटनगर महानगरका मेयर तथा सिसिएमसी माेरङका सल्लाहकार  भीम पराजुलीले जानकारी दिए ।

यस अघि विराटनगर  महानगरपालिकाले समेत उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर लकडाउन गर्ने नगर्ने विषयमा छलफल गरेकोे थियाे ।

यसक्रममा बजार क्षेत्रदेखि चौकसम्म  सूक्ष्म निगरानी गर्ने बताईएकाे छ । सरकारले ताेकेकाे  स्वास्थ्य प्रोटाेकललाई अपनाउन समेत जनतालाई अपिल  गरिने भएको छ । यस्तै जिल्लाका संक्रमित स्थानहरूमा समेत थप निगरानी र कडाइ गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्काले  जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा
एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान
विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६