Birat Post बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ साउन ।
समुदाय स्तरमै कोरोना संक्रमणको जोखिम बढेसंगै विराटनगर महानगरले थप तदारुकता देखाएको छ । यसका लागि नगरक्षेत्रमा रहेका सवै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । विहिवार विराटनगरमा रहेका सवै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकहरु संग महानगरले सुझाव लिनका साथै थप नयाँ रणनीति तय गरेको छ । कोरोना संक्रमण समूदायसम्म नपुगोस भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापहरु सहितको बैठक उपलब्धिमूलक भएको पराजुलीको भनाइ छ ।

यस संगै कोरोना संक्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकहरुको समन्वयमा उच्च स्तरिय चारवटा समिति समेत बनाएको छ । जस अन्तरगत होम आइसुलेसन समिति , पिसिआर ल्याव स्थापना समिति, मनोपरामर्श समिति , कन्ट्राक ट्रेसिङ समिति बनाएको छ । समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुले कोरोना संक्रमण नियन्त्रणमा महत्वपूण योगदान पुर्याउने अपेक्षा गरिएको छ । होम आइसुलेसन  समितिको संयोजकमा डा.हेम सागर रिमाल संयोजक रहेका छन् भने सदस्यहरुमा डा.शंकर अधिकारी ,डा . फरवार्ड सिलवाल,कोशी अस्पतालबाट एकजना प्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत आमन्त्रीत सदस्य,विराटनगर महानगरका स्वास्थ्य निरिक्षक हैदर अली सदस्य सचिव रहेका छन् ।

यस्तै पिसिआर ल्याव स्थापना समितिको संयोजकमा डा . शुसिल तापडिया,सदस्यहरुमा डा.राजेश नेपाल ,डा . कैलाश श्रेष्ठ ,रन्जितराज बस्नेत,विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत आमन्त्रित सदस्य तथा दिलिप कुमार यादव सदस्य सचिव रहेका छन् । मनोपरामर्श समितिको संयोजकमा अर्चना पोखरेल संयोजक ,सदस्यहरुमा डा .मुक्ति आचार्य,डा.निकेश राज भण्डारी,प्रमुख प्रशासकिय अधिकृत आमन्त्रीत सदस्य तथा रश्मी निरौला सदस्य सचिव रहेका छन् । कन्ट्राक ट्रेसिङ समितिको संयोजकमा डा.सूर्य पराजुली संयोजक,सदस्यहरुमा डां पार्थ गुरागाई,प्रमुख प्रशासकिय अधिकृत आमन्त्रीत सदस्य तथा राजेन्द्र कुइकेल सदस्य सचिव रहेका छन् ।

यस्तै बैठकले विराटनगरका सवै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राबिधिक तथा प्रशासनिक कर्मचारिलाई कोरोना संक्रमण भए आ -आफ्ना अस्पतालमै ब्यवस्थापन गर्ने समेत निर्णय गरेको छ । दिर्घकालिन योजना अनुरुप अगाडी बढिरहेको महानगरले हुन संक्ने थप सम्भावित क्षती रोक्न अधितम पहल गरिरहेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल