Birat Post आइतबार, साउन १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १८ साउन ।
कोराना संक्रमणका कारण फोक्सोमा जटिल समस्या आए संगै विराटनगरबाट काठमान्डौ लगिएका एक व्यक्तिमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ती व्यक्तिमा फोक्सोमा जटिल समस्या देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको स्वास्थ्य अवस्था खस्कदै गए संगै थप उपचार बिधि अवलम्बन गरिएको थियो ।

६५ वर्षीय संक्रमित ती व्यक्तिलाई कोरोना संक्रमणबाटै निको भएका एक युवकले प्लाज्मा दिएका थिए । अस्पतालको कोभिड—१९ व्यवस्थापन स्रोतका अनुसार ती व्यक्तिलाई एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो तर त्यसबाट सुधार नभए संगै प्लाज्माथेरापी गरिएको हो । प्लाज्माथेरापी गरे संगै उनको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार हुदै आए पछि थप जोखिमबाट उनी बचेका छन् ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाईन्छ । कोरोना लागेर निको भएका ती व्यक्तिको प्लाज्मा बिरामीलाई प्रदान गरिएको छ । यो विधिलाइ नेपालमा पहिलो पटक प्रयोग गरिएको छ । नेपालमै कोभिड १९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार पाउने व्यक्ति समेत विराटनगरकै भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल