सन्तोष पोखरेल आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

नेपाल पनि त्यसबाट अछुतो छैन। तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुस देशहरू बाहेक आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। विश्वका १९२ देशहरुले राष्ट्रव्यापी र सात देशले स्थानीय रूपमा शैक्षिक संस्थाहरु बन्द गरेका छन्। यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको छ। कुल विद्यार्थी संख्याको ९१.३% अर्थात् १ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् भने बाँकी विद्यार्थीहरु स्थानीय रूपमा गरिएका बन्दको प्रभावमा परेका छन्।

कोरोना भाइरस यस्तो खतरनाक चुनौतीको रूपमा प्रकट भएको छ कि यसले मानिसको स्वास्थ्य रक्षाको सवालमा आधुनिक चिकित्सा विज्ञानको प्रगतिलाई पनि पूर्णतः चुनौती दिएको छ।विश्व अर्थतन्त्र अनुमाननै लगाउन नसक्ने गरी भयानक क्षतिको संघारमा पुगिसकेको छ। उत्पादन, रोजगारी, बचत, निर्यात, स्टकमार्केट जस्ता आर्थिक विकासका सुचकहरु एम्बुसमा परेका छन्। सारा उत्पादनशील मानवीय क्रियाकलापहरु ठप्प छन्। समग्र विश्वको सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक, पर्यटन, उद्योग लगायत क्षेत्रले अभुतपूर्व धक्का व्यहोर्नु परिरहेको छ। यतिबेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामाना गर्नु परिरहेको छ।

नेपाल पनि त्यसबाट अछुतो छैन। तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुस देशहरू बाहेक आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। विश्वका १९२ देशहरुले राष्ट्रव्यापी र सात देशले स्थानीय रूपमा शैक्षिक संस्थाहरु बन्द गरेका छन्। यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको छ। कुल विद्यार्थी संख्याको ९१.३% अर्थात् १ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् भने बाँकी विद्यार्थीहरु स्थानीय रूपमा गरिएका बन्दको प्रभावमा परेका छन्।

क्यानडा, अमेरिका, रुस लगायत केही देशहरुमा भने राष्ट्रव्यापी रूपमा विद्यालयहरु बन्द नभई राज्य वा स्थानीय स्तरबाट भएका छन्। विद्यालय/कलेजहरु बन्द भएका कारण कतिपय देशहरूमा विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको शिकार हुनु परिरहेको तथ्य युनेस्कोले बताइरहेको छ। अझ यस प्रकारको हिंसा अल्पविकसित र अफ्रिकन मुलुकहरूमा बढी रहेको पाइएको छ। विश्व प्रभावितको यो गणनाभित्र नेपाल पनि परेकै छ। अर्थात्, नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था महामारीकै चरणमा नभएता पनि संक्रमणको जोखिम बढ्न सक्ने खतरा भएको कारण सम्पूर्ण शैक्षिक सस्थाहरु चैत १० गतेदेखि पूर्णरूपमा बन्द छन्। विद्यालय तहमा देशभरका सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरु र उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका एक हजार ४२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु आज घरमै छन्। परीक्षाको स्थगन र अर्को तालिका प्रकाशित हुने अनिश्चितता कारण एसइईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु, अब के हुने हो भन्ने मनोवैज्ञानिक आतंकमा परेका छन्।

सबै विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु रोकिएका छन्। जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविषय के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन्। यस्तो बेलामा विद्यार्थीहरुलाइ कसरी शैक्षिक क्रियाकलापहरुमा व्यस्त बनाइराख्ने भन्ने सन्दर्भमा विशेष ध्यान दिनु जरुरी हुन्छ। हुनत यो समय अत्यन्तै असामान्य र विश्वव्यापी महामारीको अवस्था भएको र मुख्य विषय नागरिक स्वास्थ्यको सुरक्षा रहेको हुँदा अरु विषयहरु गौण हुनु स्वाभाविकै हो। तर नागरिक स्वास्थ्य सुरक्षाका सम्बन्धमा नेपाल सरकारका सरोकारवाला मन्त्रालय, विभाग र निकायहरु अहोरात्र क्रियाशिल नै रहेका छन्। सायद यस विषयमा शिक्षा मन्त्रालयलाई त्यति धेरै कार्यबोझ नभएको हुनसक्छ। त्यसैले मुलुकको सुखद भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई यस्तो संकटपूर्ण अवस्थामा समेत कसरी अद्यावधिक र नियमित गर्न सकिन्छ भन्ने सन्दर्भमा विद्यार्थी आन्दोलनबाट स्थापित अनुभवी र योग्य नेतृत्व रहेको शिक्षा मन्त्रालयले समयमै विशेष अग्रसरता देखाउनु पर्नेमा त्यसाे हुन सकेकाे छैन ।

कोरोनाको मुहान चीनको वुहानमा कोरोना भाइरस आज भन्दा ६ महिना अघि(february) भाइरसको उच्च सख्यामा संक्रमित देखिए ! ५ महिना भो आज पनि संक्रमित रहीरहेका छन । नेपालमा कोरोनाको उत्कर्ष आएकै छैन।भरखर समुदायमा फैलन शुरु भएकाे छ। त्यो उत्कर्ष आएर कहिले घटन थाल्ने हो, पर्खिनै पर्छ । चीनमा आज सम्म पनि सबै विद्यालय पुर्ण रुपमा खुल्न सकेका छैन, ठुला कक्षा बाट खोल्ने प्रयास जारी छ ! अब, नेपालमा कहिले त्यो कोरोना ग्राफ चीनको जस्तो #तेर्सो हुन थाल्नु ? अहिले उकाली ओराली गर्दैछ ! त्यो तेर्सो भएपछी फेरि कम्तिमा ६ महिना त लाग्ला नै ? यसरी हेर्दा यो २०७७ सालको बाकी ८ महिनामा देशभरका सबै स्कुलहरु पुर्ण रुपमा खुलेर पहिले जस्तो पढने पढाउने काम हुन्छ जस्तो देखिन्न । चीनमा सिङ्गो देश भरी विद्यालय बन्द भएका होइनन, जहाँ प्रभाव छैन त्यहा नियमित नै छन ! त्यसैले स्कुल कहिले कसरी खोल्ने भन्ने अधिकार स्थानिय सरकारलाई दिनुपर्छ ! उपयुक्त ठाउमा चल्दै गर्छन ! अरुमा वैकल्पिक विधि प्रभावकारी बनाउनु पर्छ ! यी यावत समस्याका विचमा शैक्षिक क्षेत्रकाे जनशक्ति र विद्यार्थी हरुका वर्तमान र सम्भावित समस्या पहिचान गरि त्यसकाे समाधान खाेज्न जरुरी छ । परीक्षामुखी मानसिकता भित्रकाे नतिजा मुखी शिक्षण सिकाइ वाेकेर अवकाे सिकाइलाइ प्रभावकारी वनाउन सकिँदैन। वजारकाे माग धान्ने जनशक्तिकालागि अावस्यक पर्ने पाठ्यक्रम र सिकाइ प्रक्रिया विनाकाे उत्पादित जनशक्तिले न वजारकाे माग धान्न सक्छ न कसैले राेजगारी पाउने सम्भावना हुन्छ ।

त्यसैले मागमा  आधारित शिक्षण सिकाइ आजकाे प्रमुख  आवस्यकता हाे । कक्षाकाेठामा जम्मा पारेर मात्रै विद्यार्थी काे सिकाइलाइ प्रभावकारी वनाउन सकिँदैन । उनीहरुकाे रुची,चाहना र क्षमतामा  आधारित भएर सिकाउन सकेकाे खण्डमा मात्रै सिकाइ दिगाे हुन्छ । वर्तमान शैक्षिक संकटकाे घडीमा वालवालिका विद्यालय अाउन नसकिरहेकाे अवस्थामा र तत्काल निकास निस्कने सम्भावना नरहेकाे अवस्थामा वालवालिकाकाे अन्याेलता हटाउनु जरुरी छ ।न विद्यालयमा काम गर्ने शिक्षक कर्मचारी अहिलेकाे अवस्थामा सन्तुष्ठ छन न विद्यार्थी । सरकारी स्तरवाट विभिन्न विचार र निर्देशनहरु  आउदै गर्दा न विद्यार्थी ले न शिक्षकले यसैहाेे भन्न सक्ने अवस्था छ । स्थानिय स्तरमा एउटै प्रकृतीका निर्णयहरुपनि काम लाग्दैनन।किन भने यहाँ काे  आवस्यकता पनि फरक हुन्छ । तेसैले केन्द्रीय निर्णयहरु अाउदा स्थानिय अावस्यकतालाई मध्यनजर गरि विद्यालय शिक्षाकाे पुर्ण जिम्मेवारी पालिकाहरुलाई दिनु पर्दछ । र पालिकाहरुले कम्तिमा पनि अाफ्नाे स्तरमा संक्रमणकालिन शिक्षाका याेजनाहरु वनाउनु पर्दछ । यी याेजनाले संक्रमणकालमा विद्यालय बाहिर पनि शैक्षिक वातावरण वनाउने,सिकाइ उपलब्धि मापनका अाधारहरु तयार गर्ने जस्ता काम गरेर विद्यार्थीहरलाई प्राेत्साहित गर्नु पर्दछ । कक्षा माेठाकाे सिकाइले मात्र विद्यार्थी ले सिक्न सक्छ भन्ने मान्यतालाई चिर्दै प्रशिक्षण मुखि सिकाइ पद्धती लाई अपनाउनु पर्दछ ।

कोरोनाको मुहान चीनको वुहानमा कोरोना भाइरस आज भन्दा ६ महिना अघि(february) भाइरसको उच्च सख्यामा संक्रमित देखिए ! ५ महिना भो आज पनि संक्रमित रहीरहेका छन । नेपालमा कोरोनाको उत्कर्ष आएकै छैन।भरखर समुदायमा फैलन शुरु भएकाे छ। त्यो उत्कर्ष आएर कहिले घटन थाल्ने हो, पर्खिनै पर्छ । चीनमा आज सम्म पनि सबै विद्यालय पुर्ण रुपमा खुल्न सकेका छैन, ठुला कक्षा बाट खोल्ने प्रयास जारी छ !

घर घरमा स्वअध्ययनकाे वातावरण वनाउदै लैजानु पर्दछ। गुरुकुल पद्धति मा जस्तै विभिन्न चाेक दलान र घरमा पढ्ने वातावरण मिलाउनु पर्छ । विद्यालय नलागेपनि शिक्षकहरुले विद्यार्थी काे सम्पर्क भन्दा बाहिर जानू हुदैन । जे जसरी हुन्छ विद्यार्थी काे सम्पर्कमा रहनु पर्दछ । माथिल्ला कक्षाहरुमा स्वअध्यन पद्धतीमा जाेड दिनु पर्दछ भने तल्ला कक्षाहरुमा अभिभावक शिक्षक साझेदारीमा सिकाइ अगाडि वढाउनु पर्दछ ।अभिभावकले विद्यार्थी लाइ सिकाउने र अभिभावकले नजानेका कुरा शिक्षकले अभिभावकलाई पनि सिकाउनु पर्छ । यसरी पुर्णरुपमा याे महामारी अन्त नहुन्जेल सम्म अभिभावक शिक्षक साझेदारी स्वअध्ययन कार्यक्रम संचालन गर्नु पर्दछ ।त्यसकालागि विभिन्न विकल्प हरु रहेका छन।यसकालागि पाठ्यपुस्तक काे उपलब्धता,रेडियाे टिभी प्रसारण,फाेन इन कार्यक्रम ,घरदैलाे प्रत्यक्ष भेटघाट , अनलाइन कक्षा अादि उपयाेग गर्न सकिन्छ ।

यसरी यी विकल्प विद्यालय नखुले सम्म जारी रहने र यसकाे मुल्यांकन पद्ती पनि खुलानै राखिनु पर्दछ। विद्यार्थी काे उमेरका आधारमा  आफुले चाहेकाे कक्षामा फारम भरेर परीक्षा मा सहभागी हुन पाउने र उक्त नतिजाकाे अाधारमा कक्षा अपग्रेड गर्ने गरी ब्यवस्था मिलाउनु पर्दछ । अहिलेकाे अन्याेलताले न विद्यार्थी हरुले पढ्न मन गरेकाछन न भविस्यमा यस्ताे हुन्छ भनेर याेजना नै वनाएका छन । वरु अनलाइन कक्षा पढ्ने गरेका विद्यार्थीहरुले पनि अनलाइन कक्षा नपढ्नेहरु के गर्छन? उनिहरुलाइ पनि पढाउनु पर्छ त्यहीवेला हामी पनि पढ्छाै भनेर खेलाची गर्ने गरेका छन । त्यसैले अब सरकारले सवै विद्यार्थी हरुलाई स्वअध्ययन गर्न निर्देशन जारी गर्नु पर्दछ । र प्राविधिक शिक्षामा स्वतन्त्र रुपमा सीप परीक्षण काे परीक्षा मा सहभागी भएर अाफ्नाेसिकाइ क्षमता प्रमाणिकरण गरे जस्तै अवस्था सहज भएपछी सवै विद्यार्थी काे क्षमता मुल्यांकन गरि कक्षा अपग्रेड गर्ने ब्यवस्था गरिनु पर्दछ । यसले विद्यार्थी हरुलाइ स्व अध्यन गर्न उत्प्रेरित गर्नुका साथै शैक्षिक क्षति न्यून गर्न मद्धत गर्दछ ।

(लेखक आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुनुहुन्छ ।)

सम्बन्धित

ताजा अपडेट
सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले बढ्यो
विराटनगरमा रहेको विराटराजाको दरबार क्षेत्रले मुहार फेर्दै ,पुरातात्विक विभागले शुरु गर्यो काम
सवारी दुर्घटनामा २ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल