काठमाडौँ २० भदौ ।
नेपालमा थप ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ९ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको हो ।
यससँगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २८० पुगेको छ ।