Birat Post मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ भदौ ।
प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ६ सय १५ जनाको नमुना परीक्षण गर्दा ३६ महिला र ४४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ६ पुरुष, ११ महिला,बुढिगङ्गाकी १ महिला, ग्रामथानका १ र रतुवामाईका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी इटहरीका ८ पुरुष, १० महिला, दुहवीका ८ पुरुष, ४ महिला,कोशी गापाका १ पुरुष, २ महिला, गढि, रामधुनी, इनरुवा र धरानका १–१ पुरुष गरी ३७ जना, झापा दमकका ४ पुरुष, २ महिला, गौरीगञ्जका १ पुरुष, १ महिला, शिवसताक्षीका १ पुरुष, २ महिला, विर्तामोडका १ पुरुष, १ महिला, बाह्रदशी, मेचिनगर र कनकाईका १–१ पुरुष गरी १६ जना, इलाम र उदयपुरका १–१ महिला, ओखलढुङ्गाका २ पुरुष र अन्य जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या २ हजार ३०२ रहेको छ ।

प्रदेश १ मा हालसम्म ११ महिला र ३२ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल