काठमाडौं २३ भदौ ।
आज नेपालमा एकैदिन थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ९०२ जनामासंक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १ सय ३८ पुगेको जानकारी दिएको छ ।
यस्तै आज थप २२ सय ८७ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको छ ।
थप ६ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ३०६ पुगेको छ ।