काठमाडौँ २७ भदौ ।
नेपालमा थप १४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ पुरुष र ३ महिला गरी १४ जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या ३३६ पुगेको छ ।