Birat Post सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं २९ भदौ ।
आज नेपालमा एकैदिन थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ११७० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिएको छ ।

यस्तै आज थप ८ सय ७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

थप १५ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ३६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६