काठमाडौँ २९ भदौ ।
नेपालमा थप १९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १९ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या ३६० पुगेको छ ।