काठमाडौँ १ असोज ।
नेपालमा आज थप ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो ।
आज मोरङमा ६४ वर्षिया, चितवनमा ३६ वर्षिया र कैलालीमा ५७ वर्षिया महिला र काठमाडौंमा ८७ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।