सुनसरी ९ असोज ।
सुनसरी धरान–१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । घर अगाडी हिँडिरहेको अवस्थामा एक्कासी रुखको हाँगा झरेर टाउकोमा लाग्दा गम्भिर घाईते भएकी एबिसालाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल विराटनगरमा ल्याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी उनकै दिदी ८ बर्षीया नेबिसा राई समेत रुखको हांगाले लागेर घाईते भएकी थिइन् । घाइते बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।