सुवाश सापकोटा शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ मंसिर ।
पतन्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णआचार्य र विराटनगर महानगरका मेयर भीम पराजुली वीच अन्तरसंवाद भएको छ । पतन्जली योगमार्फत भएको जुममिटिङमा आचार्य बालकृष्णले योग अभ्यास सहित स्वस्थ्य समाज निर्माणमा जुट्न सक्ने सुझाएका थिए । उनले धार्मिक ,सामाजिक र प्रकृतिले समेत पूर्णता पाएको देश नेपालमा सु संस्कारयुक्त समाज निर्माणमा योग फलदायी बन्ने बताएका थिए ।

नेपाल र भारतमा रहेका र योगमा जोडिन चाहने ब्यक्तिहरुलाई जोड्न हरतरहका प्रयास गरिने बताए । पतन्जलि योग समिति नेपालद्धारा भइरहेका कामको आचार्य बालकृष्णले प्रशंसा गरेका थिए । मेयर पराजुली पनि पतन्जलीको योग शिक्षक हुन् र उनी केही समय यता जुम मिटिङ मार्फत योगप्रशिक्षणमा सहभागी भइरहेका छन् ।

उनले योगका माध्यमबाट स्वस्थ्य समाज निर्माण गर्न सकिने भन्दै यसलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने बताए । समाज रुपान्तरण गर्न योग पनि सहायक बन्ने भन्दै यसको जनस्तर सम्म विकास गर्नुपर्ने बताए । जुम मिटिङको संयोजन पतन्जलि योग समितिका केन्द्रीय प्रभारी लबदेव मिश्रले गरेका थिए । कार्यक्रममा नेपाल भारतका योग प्रशिक्षक र साधकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल