विराटनगर ११ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेको आधिकारिक जानकारी बाहिर आएको छ । संविधानको धारा १६९ को २ (ख )बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका हुन् ।
नेकपा विभाजनपछि प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो । ओली समुहका मुख्यमन्त्री राइले मन्त्रीआङ्बोलाई माथिकै आदेश अनुसार बर्खास्त गरेको बताइएको छ । यता पदमुक्त भए संगै आङ्बोले सामाजिक सन्जाल फेसवुकमा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २ वर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मा.मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद ब्यक्त गर्दछु भनेका छन् ।