Birat Post बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ माघ ।
माघ महिनाको पहिलो दिन मनाइने माघे (माघी) सङ्क्रान्ति पर्व देशभर मनाइँदै छ । आजबाट उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान साधना, दान गर्ने प्रचलन रहेको छ । आज  देशभरका नदी किनार र घाटमा माघी स्नान गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

तीर्थस्थलमा गई स्नान गरेर तिल वा तिलवाट बनेका बस्तु दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी आदि खाने चलन छ । आजको दिन आगो ताप्नुपर्ने मान्यता पनि छ ।

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी माघी खाने चलन छ। माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी , माछालगायतको परिकार बनाएर जाँड रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकता सुरू गर्छन्।

 

सम्बन्धित

ताजा अपडेट
‘मिस नेपाल२०२५’ को उपाधि लुँइटेलले पाउन सफल
कांग्रेस विराटनगर–४ द्वारा क्रियाशिल वितरण सम्पन्न, अब टोल –टोलमा छलफल पनि चलाउने
यस्तो छ आज देशभरको मौसम

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल