झापा,२५ माघ ।
झापा अर्जुनधारा ४ मदनपुरमा ४ बर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको हो ।
आइतवार बिहान घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा डुबेर मृत्यु भएको बताइएको छ । घटनाको कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।