झापा ४ फाल्गुन ।
झापाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले झापाको बुद्धशान्ती–३ बाट लागुऔषध ट्याब्लेट सहित उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् । बाटोमा हिडिरहेका दुवैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध बरामद गरिएको थियो ।
घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।