Birat Post बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ६ फाल्गुन ।

विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणमा तालिका मिलाउन हम्मे हम्मे परेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको प्रतियोगिता तालिका व्यस्त हुँदागोल्डकप प्रतियोगिता जेठसम्म धकेलिने देखिएको छ। चैतभित्र प्रतियोगिता सम्पन्न गर्नेगरि समय मिल्न सक्ने एन्फाको प्रतियोगिता समितिले जनाएको छ। समितिका संयोजक विजय घलेले भने, ‘चैतमा प्रतियोगिता सक्ने वा जेठमा गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । वैशाखमा काठमाडौँमा कर्पोरेट फ्रेन्चाईज प्रतियोगिता हुने समितिले जनाएको छ, जसका कारण वैशाखमा गोल्डकपका लागि समय निस्कने संभावना कम छ। चैत्रभित्र संभव नभए प्रतियोगिता जेठसम्म सर्न सक्ने देखिन्छ ।

गोल्डकप ट्रस्टीज एवं एन्फाका सहायक महासचिव बसन्त अर्यालले एन्फासँग प्रतियोगिताका लागि चैत्र २५ गतेबाट समय माग गरेको जनाए। पोखरामा हुने अर्को गोल्डकपको फाइनल २८ गते रहेको हुँदा तालिका मिलाउन एन्फासँग छलफल भइरहेको अर्यालले बताए । अन्य कुनै प्रतियोगितासँग तालिका नजुधाई समय निकल्न एन्फासमक्ष आग्रह गरेको अर्यालको भनाइ छ । चैत २५ गतेबाट सुरु गर्दा प्रतियोगिता ७ दिनभित्र सक्नुपर्ने दबाब हुन सक्छ । विराटगोल्डकम प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टको गत शनिबार बसेको बैठकले संयोजकमा मनोज विक्रम शाहलाई जिम्मा दिएको छ । जिम्मेबारी पाएका शाहले प्रतियोगिता सम्पन्न गर्नका लागि अधितम प्रयास र व्यवस्थापनका लागि काम भइरहेको जानकारी दिएका छन् ।

यसअघि भएका गोल्डकप गराउन भीम कुवँर, उद्योगी राजेन्द्र राउत र उद्योगी नविन रिजालले प्रतियोगिताको संयोजकत्वको जिम्मेवारी सम्हाली सकेका छन् भने यस पटक मनोज शाहले यो जिम्मेबारी पाएका छन् । ऐतिहासिक महत्व बोकेको गोल्डकपका लागि यसपटक शहीद मैदानमा रात्रीकालीन खेल गर्न सक्नेगरि फ्लड लाइट्स जडान भइसकेको पनि छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल