Birat Post सोमबार, फाल्गुण १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० फाल्गुन/

राउण्ड टेबल नेपालले विराटनगरमा इन्टर टेबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । राउण्ड टेबल १८ को आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष र महिलातर्फ गरी १२ टिमको सहभागिता रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडको समेत उपस्थिति रहेको प्रतियोगितामा पुरुषतर्फ राउण्ड टेबल १५ का सुमित अग्रवाल र आसिस गोयलको टिम प्रथम भएको थियो भने राउण्ड टेबल ११ का दिवाकर र नमनको जोडी द्वितीय भएको थियो । यस्तै प्रतियोगितामा महिलातर्फ रिंकी धनावत र मिन्नु दुगडको टिम प्रथम भएको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडलसहित ट्रफी प्रदान गरिएको प्रतियोगिता संयोजक राउण्ड टेबल १८ का नविन झुनझुनवालाले जानकारी दिए । सामाजिक सेवाको काम गर्दे आएको राउण्ड टेबल नेपालले समय समयमा आन्तरिक रुपमा खेलकुद प्रतियोगिता समेत गर्दै आएको छ । यसअघि विराटनगरमै इन्टर टेबल क्रिकेट प्रतियोगितासमेत आयोजना गरेको थियो ।

 

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल