Birat Post मंगलबार, फाल्गुण ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ फागुन ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश दिए संगै संसद पुनर्स्थापनाको पक्षमा रहेकाहरुले खुसी ब्यक्त गरेका छन् । मंगलबार साझ सर्वोच्चले दिएको आदेशको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्चको निर्णयको स्वागत गरेका छन् । उनले यो निर्णय संगै अदालतको गरिमा बढेको प्रतिक्रिया दिएका छन् ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सर्वोच्चको स्वागतयोग्य कदम भनेका छन् । उनले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । यस्तै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले अदालतले आफ्नो मर्यादालाई जीवन्त राखेको बताएकी छन् । उनले लोकतन्त्र ,गणतन्त्रको भावनालाई आत्मसाथ गर्दै अदालतले जनताको मन जितेको भन्दै खुसी ब्यक्त गरिन् ।

यस्तै नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले देश र जनताको बलीदानीलाई जगेर्ना गरेको र संकटकालिन स्थितीवाट देश जोगिएको बताएका छन् ।यस्तै देशका मुख्य शहरहरुमा संसद पुनर्स्थापना भएको खुसीमा नाराबाजी समेत भएका छन् । विराटनगरका स्थानीय नेताहरुले समेत संसद पुनर्स्थापना भएकोमा खुसी ब्यक्त गरेका छन् । विराटनगर महानगरका मेयर भीम पराजुलीले  संसद पुनर्स्थापना गर्ने सर्वोच्चकाे निर्णय स्वागतयोग्य भनेका छन् ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल