विराटनगर १५ फाल्गुन । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधामन्त्री अल्पमतमा रहेको भनेर गलत अफवाह फैलाइएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफूहरुसँग सयभन्दा बढी सांसद रहेको र आवश्यक परे संसदमा देखाउन तयार रहेको समेत बताए ।
प्रधानमन्त्रीले नेकपाका नेतृत्वको सरकारको स्थाइत्वका लागि काम गरिरहेको बताउदै भट्टराईले एकाध पक्षका कारण थप राजनैतिक संक्रमण निम्तिएको बताए ।