Birat Post आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १६ फाल्गुन ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्न हुदैन भन्नेहरुले अधार्मिक तर्क गरेको बताएका छन् । राजधानीमा पत्रकारहरु संग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवानको आजको श्रृंगार भोलि उतारेजस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो ।’

मानिसहरुले यसको अपब्याख्या गरेको र धार्मिक कुरामाथी आघात पुर्याउन खोजिएको बताए । श्रीपशुपतिनाथमा गतवर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएकाले गर्न सकिएको थिएन । आषाढ शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार, भारतका वनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ । ‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवानको पीठिका जलहरी मुकुट र पाउ पनि पूरै सुनैसुनको छ । भारतका तिरुपती र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ । पुरातत्व विभागले मापदण्डविपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो त्यो पनि छैन । रणबहादुर शाहले तामाको जलहरी राखेकोमा श्री ५ महेन्द्रले चाँदीको फेरेको र अहिले चाँदीको ठाउँमा सुनको राखिदा बिबाद आउनुपर्ने खास कारण नभएको थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल