Birat Post शुक्रबार, फाल्गुण २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं २१ फाल्गुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्ति वार्तामा आउनु अत्यन्त सकारात्मक भएको बताएका छन् । उनले ‘शान्तिको विकल्प छैन हिंसाको भविष्य हुन्न’ भन्दै सहमतिमा आउनु सकारात्मक भएको बताए ।

शान्तिप्रक्रियाप्रतिको प्रतिवद्धता सकारात्मक भन्दै नेता केसीले सरकार र विप्लव नेकपाबीचको तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण प्रक्रियामा प्रतिवद्धता जनाएको स्वागतयोग्य भएको बताएका छन् ।

तर तीन बुँदेमा हतियार व्यवस्थापनको विषय नउठ्नुलाई उनले गम्भीर आपत्ति जनाएका छन् । उनले भने, ‘तीन बुँदेमा एउटा शान्तिपूर्ण प्रक्रियाको प्रतिवद्धता, बन्दी कार्यकर्ता रिहाई र मुद्धा फिर्ता बाहेक महत्वपूर्ण कुरा हतियार ब्यवस्थापनको हो । त्यसमा सरकार मौन छ ।’उनले अगाडि थपे, ‘उनीहरुसँग हतियार छँदै छैन भन्ने कुरा त खुट्याउन सकिँदैन । हतियार व्यवस्थापनको कुरा त्यत्तिकै महत्वपूर्ण छ । त्यसमा सरकार किन मौन छ ?

नेता केसीले पीडकहरुको पक्षमा पनि प्रश्न उठाएका छन् । उनले भने, ‘राजनीतिक प्रक्रियामा सहमति र शान्ति प्रक्रिया सँगसँगै पीडितहरुको उचित व्यवस्थापन र भरणपोषणका पक्ष पनि त्यत्तिकै गम्भीर छ । त्यतातिर ध्यान जानु पर्छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल