काठमान्डौं २२ फाल्गुन ।
शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफूसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्। शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर विप्लवले कारगारमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्ताका लागि काम गरिदिन आग्रह गरेका छन् । विप्लवका कुराहरुको प्रति उत्तर दिदै गृहमन्त्री थापाले प्रक्रियागतरुपमा सरकारले काम गरिरहेको बताएका छन् ।