Birat Post शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ फाल्गुन ।
एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा ‘क्युआर कोड’ सेवा विस्तार गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेका सब्जी मण्डिमा क्युआर कोड सेवाका् सुरुवात गर्ने लक्ष्यका साथ एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुरु गरेको हो । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगद रहित कारोवारको शुरुबात गरेका थिए ।

उनले यो कार्यबाट रकमको सुरक्षा सहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए । आधुनिक बजार बिस्तारका लागि क्युआर कोड फलदायी हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले मुलुकलाई समृद्ध बनाउन नेपाल सरकारको नीति अनुसार महिला उद्यमीहरुलाई विना धितो चार प्रतिशत व्याजदरमा ऋण बैंकका १८० शाखामार्फत प्रदान गरिरहेको जानकारी दिए ।

गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा विराटनगर महानगर वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, वैंकका प्रदेश प्रमुख उत्सव घिमिरे, वैंकका व्यवसाय शाखा प्रमुख चित्रबहादुर न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल