काठमाडौँ २९ फाल्गुन ।
अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति भंग गरेपछि एमालेको माधव नेपाल पक्ष आकस्मिक छलफलमा जुटेको छ। निर्णय सार्वजनिक भए लगत्तै भावी कदमबारे छलफल गर्न नेपाल पक्षले आफू निकट स्थायी समिति सदस्यहरुको बैठक आज शनिबार बोलाएका हुन्। एमालेका नेपाल पक्षधर एक नेताले बैठक ११ बजे बानेश्वरमा बस्ने बताए । अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी बिहिन बनाएको र गलतरुपमा भइरहेका कार्यहरुको प्रतिकार कसरी गर्ने भन्ने बिषयमा बैठक आह्वान गरिएको ती नेताले बताए ।