काठमाडौं ३ चैत्र ।
नेकपा माओवादी केन्द्रमा पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । यसै गरी राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् । सर्वोच्चको फैसला संगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।