Birat Post बिहिबार, चैत्र ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ चैत्र ।

प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, नेपाली कांग्रेस मोरङका पुर्व सभापति,तत्कालिन विराटनगर उपमहानगरपालिकाका मेयर तथा संविधानसभा सदस्य अशोक कोइरालाको बिहीबार निधन भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा उपचाररत नेता कोइरालाको बिहान २ बजेको समयमा निधन भएको हो ।

पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको भाइ कोइराला संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। मुटुको समस्याबाट पिडित कोइरालाको ७८ वर्षको उमेरमा निधन भएको हो । मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका कोइराला हाल कांग्रेस महासमिति सदस्य रहेका थिए । कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए । उनका एक छोरा र एक छोरी छन् । उनको बिहीबारै मोरङको सिंघीया घाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल