विराटनगर ५ चैत्र ।
नेपालको बहुदलीय शासन व्यवस्थाको पूनस्र्थापना पश्चात तत्कालिन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको निधनमा विराटनगर महानगरले बिहिबार शोक बिदा दिएको छ । वि.स. २०४९ देखी २०५४ साल सम्म कोइराला मेयर बनेका थिए । महानगरले कोइरालाको निधनबाट एक असल अभिभावक गुमाएको भन्दै दु:ख प्रकट गरेको छ । यस्तै महानगरले आज बिहिबार महानगर मातहतका कार्यलयहरुमा सार्वजनिकरुपमा शोक बिदा दिएको छ ।
कोइरालाको निधनमा विराटनगर महानगरका मेयर भीम पराजुलीले सामाजिक सन्जाल फेसवुक मार्फत कोइराला प्रति श्रद्धान्जली अर्पण गरेका छन् । उनले लेखेका छन्, नेपाली कांग्रेस मोरङका पूर्व सभापति ,संविधानसभा सदस्य एवम्,तत्कालीन विराटनगर उपमहानगरपालिकाका पूर्व मेयर आदरणीय नेता अशोक कोइरालाको निधनले सिङ्गो कांग्रेस तथा विराटनगर महानगरपालिका स्तब्ध तथा मर्माहत भएको छ। यस शोकको घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछु।,