Birat Post आइतबार, चैत्र १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ चैत्र ।
विराटनगरका मारवाडी समुदायले होलीको अवसरमा घोषित गर्ने महामूर्खको उपाधि विराटनगरका उद्योगी तथा समाजसेवी चम्पालाल राठीले पाएका छन् । मारवाडी युवामञ्चले विराटनगरमा गरेको आयो फागणियो होली रङ्गारङ्ग कार्यक्रममा राठीले यो उपाधि पाएका हुन् । कार्यक्रमको प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोती दुगडले आफ्ना बुवाआमाका नाममा स्थापना गरेको हरिसिंह उषादेवी दुगड च्यारिटेवल ट्रष्टले मुख्य प्रायोजन गरेको थियो ।

मारवाडी समुदायमा रहेको प्रचलनलाई निरन्तरता दिने क्रममा राठीलाई २०७७ सालको महामूर्खको उपाधि प्रदान गरिएको हो । यसअघिका महामूर्ख मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष मोहनलाल शर्माले चम्पालाल राठीलाई महामूर्खको मुकुट र माला पहिराइदिएका थिए ।एकवर्षे पदावदी रहेको यो पदवाट उद्योगीहरु दीनबन्धु गोयल,पवन सारडा लगायतले महामूर्खको जिम्मेबारी सम्हालीसकेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोती दुगड,विराटनगर महानगरका मेयर भीम पराजुली,मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवाल,पूर्व अध्यक्षहरु नन्दकिशोर राठी,शिवरतन जोशी,राजेश लखौटिया,उद्योगी तथा समाजसेवी महेश जाजु ,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतको सहभागिता रहेको थियो । सो अवसरमा भारतको चर्चित हाँस्य कलाकार शैलेश लोढाले भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
न्यायाधीशमाथि मोसो छ्यापेपछिको वीरगञ्ज इजलास : सुरक्षा व्यवस्थामा कडाइ, १४ वटै ‘पिएसओ’ फेरिए
माधव नेपालको सांसद पद निलम्बन भएको सभामुख घिमिरेद्वारा सदनलाई जानकारी
आज यी प्रदेशहरूमा धेरै वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल