Birat Post मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ चैत्र। नेपाल पत्रकार महासंघ प्रदेश-१ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । विराटनगर स्थित-५ मा रहेको भवनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । महासंघको नवनिर्मित भवन ७६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राइले संघीयताको फराकिलो बनावटवाट सोच्ने र देशको विकासमा जुट्ने बेला आएको बताएका छन् । संघीयताकै उपलब्धि प्रदेश पत्रकार महासंघको स्थापना र अहिलेको प्रारुप बनेको मुख्यमन्त्री राइले बताए ।

संघीयताको उपलब्धी रक्षाका लागि जुट्न पनि पत्रकारहरुलाई मुख्यमन्त्री राइले आग्रह गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन सवैको भुमिका आबश्यक रहने औल्याए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरले उपलब्ध गराएको जग्गामा बनेको भवनले प्रदेश पत्रकार महासंघको गरिमा उच्च बनाएको बताए । यस संगै विराटनगरमा यो भवन बन्नु सुखद रहेको भन्दै मेयर पराजुलीले यसको श्रीवृद्धीमा सहयोग गरिरहने बताए ।

पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले ,प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा प्रदेश १ ,प्रदेश १ पत्रकार महासंघका उपाध्यक्ष सोमनाथ सुसेली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मेरो पत्रकारिता पुस्तक समेत विमोचन गरिएको थियो । ३४ जनाको अनुभव पुस्तकमा समेटिएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल