Birat Post सोमबार, चैत्र २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

उदयपुर, २३ चैत  ।  ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ । घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

आइतबार बेलुकी तामाङको घरगोठमा आगलागी भएपछि प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल