Birat Post सोमबार, चैत्र ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० चैत्र ।
कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको गति तीव्र भइरहेको छ । दोस्रो लहरमा देखिएको नयाँ भेरियन्टको कोरोनाले मानिसको फोक्सोलाई सात दिनको सट्टा तीन दिनमै संक्रमित बनाउने पाइएको छ । पहिले ७ दिनमा फोक्सोमा असर गर्दै आएको कोरोनाले अहिले तीन दिनमै ५० देखि ७० प्रतिशतसम्म संक्रमित बनाउँदै गएको पाइएको हो । विशेषज्ञहरुका अनुसार संक्रमणको गति अहिले निकै नै तेज भइरहेको छ । कोरोनाको नयाँ स्ट्रेनले २ देखि ३ दिनमै फोक्सोलाई ७० प्रतिशतसम्म संक्रमित बनाइदिन थालेको हो ।

आरटी पीसीआरको रिपोर्ट वा सीटी स्क्यानको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्दै आएकामा उक्त समयसम्म कोरोनाले फोक्सोमा संक्रमण गरिसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय संक्रमितको ज्यान सजिलै गइरहेको विश्लेषण गरिनुको पछाडि दोस्रो लहरको कडा खाले कोरोना संक्रमण भएको चिकित्सकहरुको निष्कर्ष छ । ती रोग विशेषज्ञहरुका अनुसार २० वर्षसम्म दैनिक २ देखि ३ वटा चुरोट पिउँदा कोरोनाले जति नोक्सान गर्छ त्यत्ति नै नोक्सान कोरोनाले २–३ दिनमै गराएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल