Birat Post शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १७ बैशाख ।
मोरङमा निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस विषयमा तदारुकता लिएको हो ।निषेधाज्ञाका विषयलाई लिएर शुक्रबार दिउसो देखि सरोकारवालाहरु संगको बैठक चलिरहेको छ । निषेधाज्ञा कुन चरणसम्म गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा वैठक केन्द्रीत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

वैठकमा विराटनगर महानगरका मेयर भीम पराजुली,जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेल,मोरङका प्रहरी प्रमुख सन्तोष खड्का,कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास लगायत सरोकार सम्वन्ध संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको बुझिएको छ । बैठकको आधिकारिक निर्णय भने शुक्रबार साझ सम्म आउने बताइएको छ ।

यद्यपी सूचना स्रोतका अनुसार भोली शनिबार एक दिन छोडेर आइतवार देखि निषेधाज्ञा जारी हुन सक्ने बताइएको छ । एक दिनको समय भने आम नागरिकको सहजताका लागि छाडिने बताइएको छ । यस भन्दा अगाडी विराटनगर महानगरले बिहिबारनै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा वा लकडाउन गर्न आग्रह समेत गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने
‘अर्को उथलपुथल गर्न बेर लगाउँदिन’ -प्रधानमन्त्री प्रचण्ड

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल