Birat Post सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ३ जेष्ठ ।
विराटनगर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा विराटनगर महानगरले बनाएको आइसोलेसन शुरु गरिएको छ । सोमबार नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाको उपस्थितीमा आयुसुलेशन सुचारु गरिएको हो । ५१ बेडको आइसोलेशन वार्डमा चिकित्सकिय सेवा, अक्सिजन लगायत कोरोना संक्रमितका लागि प्राथमिक सेवा प्रदान गरिने उदेश्य राखिएको छ ।

आइसोलेशनको अनुगमन गर्दै कोइरालाले स्थानीय तहले कोरोना संक्रमण नियन्त्रणमा गरिरहेका कार्य मध्ये विराटनगर महानगरले गरेको काम उच्च प्रशंसनिय रहेको बताए । देशभरका स्थानीय तहहरुले काम गर्न खोजिरहेका छन् कोइरालाले भने “ संघीय सरकार यसको बाधक छ ।” स्थानीय तहले आफ्ना नागरिकको स्वास्थ्य संवेदनशिलतामा ध्यान दिन र संघीय सरकारको भर नपर्न कोइरालाले सुझाए ।
कोरोना संक्रमण नियन्त्रणमा संघीय सरकार उदाशिन रहेको भन्दै सरकारको कडा आलोचना गर्दै आएका कोइरालाले स्थानीय तहले गरिरहेका कामको प्रशंसा गर्दै आएका छन् । उनले विभिन्न स्थानीय तहले बनाएका आइसोलेशनको अनुगमन गर्नका साथै सहयोग र सुझाव दिदै आएका छन् ।

अस्पतालमा बेड नपाउदाको अवस्था सम्म संक्रमितको सेवामा आइसोलेशनमा रहेका स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने छन् । जुन मानिसको ज्यान जानसक्ने खतरालाई कम गर्ने बिश्वास लिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए । यो कार्यमा आर एन एनले सभाहल उपलब्ध गराएर सेवा प्रवाहमा योगदान गरेको छ भने एसोसेयसन अफ प्राइवेट हेल्थ इन्सिच्युट नेपाल (अफिन) र मारवाडी युवामञ्च विराटनगरले यसमा बिशेष सहयोग गर्ने भएका छन् । सो अबसरमा वडा नं.१ का वडाध्यक्ष उद्धव अर्याल ,सामुदायिक शाखा प्रमुख पुनम दाहाल ,विराटनगर महानगरका स्वास्थ्य निरिक्षक हैदर अली, डा.रुपेश मण्डल,नसिंङ अधिकृत रश्मि निरौला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल