धरान, १७ जेठ ।
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि कोरोनाको भ्याक्सिन आफैँ खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको लागि भ्याक्सिन खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी भएको भनिरहदा खरिदका लागि स्वीकृति प्रदान गर्न माग गरिएको बताए ।
एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्दै प्रमुख राईले यसको स्विकृति प्रदान गरिएक भ्याक्सिन खरिद गर्ने बताए ।