विकास कार्की
विराटनगर १ भदौ ।
गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ शैनिक टोलमा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.का सिईओ भारतीय नागरिक संजय चन्दुके पक्राउ परेका छन् । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यबहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सोही विषयलाई लिएर उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित समेत भएका थिए ।
प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले उद्योगका सिईओ चन्दुकेलाई पक्राउ गरिएको पुष्टि गरे । गत जेठ ९ गतेदेखि उद्योगमा काम गर्दै आएकी महिलाले आफुभाथी सिईयोले अभद्र ब्यवहार गरेको आरोप लगाएकी छन् । श्रमिकहरुले भने सत्यतथ्य खोजी कार्बाही गर्न माग गरेका छन् ।