Birat Post बिहिबार, भाद्र १०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० भदौ ।
तीन पांग्रे सिटी सफारी (ई रिक्सा) को नविकरण,रुट इजाजत तथा जाचपास विराटनगर महानगरले आफै गर्ने भएको छ । महानगरले बिहिबार एक कार्यक्रम गर्दै सिटी रिक्सा चालकहरुलाई सवारी साधन चलाउने अनुमती पत्र प्रदान गरेको छ । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले सम्युक्तरुपमा अनुमतिपत्र वितरणको शुभारम्भ गरेका थिए ।

महानगरले केही समय अगाडी तीन पांग्रे इ रिक्साको नविकरण र रुट इजाजतका लागि महानगरमै सम्पर्क राख्न र कर तिर्न आग्रह गरेको थियो । महनगरमा दर्ता भइ चल्ने सिटी रिक्साहरुले सवारी अनुमतिपत्र पाएका छन् । कार्यक्रममा बोल्दै मेयर पराजुलीले सिटी रिक्साको पूर्ण व्यवस्थापनका लागि यो नियम ल्याइएको र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रदेश यातायात व्यवस्था कार्यालयले जारी गरेको इजाजत पत्रको आधारमा वितरण गरिने राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । प्रदेश सवारी तथा यातायत व्यवस्थापन ऐन २०७६ तथा प्रदेश सवारी तथा यातायत व्यवस्था नियावली २०७७ र विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०७७ बमोमि नविकरण,रुट इजाजत तथा जाचपास लगायतका कार्यहरु थालनी गरिएको प्रधानले जानकारी दिए । उनले रिक्सा दर्ता गर्न आउने क्रम जारी रहेका कारण केही समयमै रिक्साको संख्या पनि एकिन हुने बताए । कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष मीनकुमार आचार्य,नगरप्रहरी प्रमुख राजन पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल