विराटनगर,१२ भदौ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रीमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले गठवन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रीमण्डल विस्तार गरिने बताए ।
मन्त्री कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठन्बन्धक वाहेक अन्य दलहरुसंग सरकारमा सहभागीताका सम्वन्धमा कुरा भैरहेको जानकारी दिए । राजनीतिक दलसम्वन्धि अध्यादेश आवश्यकता र वाध्यताले ल्याएको जीकिर गरे । यस्तै नेपाली काँग्रेसको अधिवेशन तोकिएको समयमा हुनेमा आफु बिश्वस्त रहेको बताए ।