Birat Post आइतबार, भाद्र १३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ भदौ ।
कोभिडका कारण लामो समय देखि बन्द रहेका बिद्यालय खुलाउने विषयमा विराटनगर महानगरले विषय विज्ञ र सरोकारवालाहरु संग छलफल गरेको छ ।
आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा परामर्श लिएका छन् । कार्यक्रममा सहभागी विराटनगर महानगरका विद्यालयका सन्चालक,अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा जोड दिएका छन् ।

कोभिड कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिकरुपमा भइरहेको अनलाईन कक्षाहरुले बालबालिकामा पारेको प्रभावका विषयमा समेत चिन्ता ब्यक्त गरिएको छ । लामो समय मोवाइल,ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आखा र मस्तिष्कमा समेत दिर्घकालिन असर पर्ने तर्फ पनि ध्यान दिनुपर्ने औल्याएका थिए । छलफलमा उठेका कुराहरुलाई संम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराइको संयोजकत्वमा ७ सदस्य समिति समेत बनाइएको छ ।

जसमा शिक्षक महासंघका बेदु खतिवडा,हिसान बाट भेषराज पोखरेल,एन प्याप्सन र प्याप्सनका तर्फबाट इन्द्र राई,अभिभावक संघ नेपाल बाट देवी पन्थी, सामुदायीक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम रहेका छन् । समितिले एक हप्ता भित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्यढाँचा निर्धारण गर्ने छ । समितिले एक प्रकारको खाका तयार गरेपछि कसरी विद्यालय सञ्चालनमा आउछ,आउदैन भन्ने निर्णयमा पुग्ने मेयर पराजुलीले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल