Birat Post बिहिबार, भाद्र १७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १७ भदौ ।
नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस भित्रको संस्थापन इतर समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै उम्मेदवार तोक्ने घोषणा गरेको हो ।

सो समूहलाई नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटै उम्मेदवार तोकिने बताए । महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार सहमतिमा नै दिन्छौं, देशभरीका साथीहरुलाई म ढुक्क रहन आग्रह गर्दछु,’ पौडेलले भने । उनले ‘कसको नाममा सहमति हुन्छ त ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा भने व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।
पत्रकार सम्मेलनमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, नेतृ सुजाता कोइराला, गगन थापा, मिनेन्द्र रिजाल सहभागी थिए ।

सो क्रममा नेतृ सुजाता कोइरालाले सवैको सहभागिता अठोट र संकल्पसहित सहमतिमा नै उम्मेदवार तय हुने बताइन् । उनले पार्टीमा लागेका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व सहभागितामा ध्यान दिन आबश्यक भएको बताइन् । कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशनका रुपमा लिइएको वडा अधिवेशन भने भोलीबाट शुरु हुँदैछ ।

वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन कांग्रेस भित्रको पौडेल समूहले देशभरका नेताकार्यकर्ताहरुलाई उत्साह जगाउन पत्रकार सम्मेलनमार्फत समूह भित्र एकता रहेको सन्देश दिएको हो ।
हाम्रा कुरा डट कम वाट ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल