Birat Post मंगलबार, भाद्र २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ भदौ ।
सङ्खुवासभामा कार्की परिवारको विभत्स हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि खटिने भएको छ ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सोमबार एकैपरिवारको ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबी टोली घटनास्थलतर्फ जानेछ । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा भएको सो घटनामा हाल सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट खटिएको विशेष टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ ।

घटनास्थल अति नै विकट स्थानमा रहेका कारण अनुसन्धानमा खटाइएको प्रहरीको विशेष टोलीलाई घटनास्थलसम्म पुग्न समय लागेको प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए । यसक्रममा प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरिरहेको प्रहरी उपरीक्षक दाहालले बताए ।

तर वर्षाले गर्दा केही कठिनाई भएको प्रहरीको भनाई छ । वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धानलाई प्रभावकारी हुन नसकेको बताइएको छ । प्रहरी उपरीक्षक दाहाल नेतृत्वको प्रहरीको विशेष टोली घटना नजिक पुगिसकेको जनाएको छ ।

यसअघि, सङ्खुवासभा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडा नेतृत्वको टोली सोमबार दिउँसो नै घटनास्थल पुगेको थियो । सो क्रममा प्रहरी टोलीले तालिम प्राप्त कुकुरको पर्खाइमा घटनास्थलमा छरिएका शवको सुरक्षामात्र दिएको थियो ।

घटनाको अनुसन्धानमा सहयोग गर्नलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरले पनि क्षेत्रीय अनुसन्धानको टोलीसमेत परिचालन गरिसकेको छ । घटनास्थल पुगेको प्रहरी टोलीले घटना हत्या नै भएको निष्कर्षमा पुगेको छ । घटनाको अनुसन्धान भइरहेको हुँदा प्रहरीले घटना कसले र किन गराएको हो भन्ने यकिन गर्न सकेको छैन ।

घटनास्थलका प्रहरीले हत्या भएका ६ जनाको शव मङ्गलबार बिहानसम्म घटनास्थलमै छन् । प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवहरु उठाएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तयारी गरेको छ । प्रहरीका अनुसार दिउँसो १२ बजेसम्ममा घटनास्थलबाट शवहरु उठाउने तयारी प्रहरीले गरेको छ । वडाध्यक्ष खेमराज कटुवालले घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि थाहा हुन नसकेको बताएका छन् । तर घटनाको अनुसन्धानमा स्थानीय र जनप्रतिनिधिले प्रहरीलाई सहयोग गरिरहेको उनको भनाइ छ ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा ६ जनाको सामूहिक हत्या भएको हो । कान कम सुन्ने र आँखा पनि राम्ररी देख्न नसक्ने बौद्धमान जीवित छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । एउटै परिवारका ६ जनाको हत्या भएपछि गाउँ शोकमा डुबेको छ ।

स्थानीय र प्रहरीले घरमा राखिएको रकम लुटपाट गर्ने उद्देश्यले आएको समूहले सामूहिक हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।
देश सञ्चार डट कम बाट

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल