काठमान्डौं,२४ भदौं ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आज भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् । सम्भवत ब्रामण समुदायबाट नेपालको पहिलो सेनाध्यक्ष बन्ने मौका शर्माले पाएका छन् ।