Birat Post बुधबार, भाद्र ३०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ३० भदौ ।
सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारत बिहारका २२ वर्षीय सुरज साह र झापाको गौरीगन्ज गाउँपालिका–१ का २७ वर्षीय आइतबारी हस्दालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

उनीहरुको साथबाट १३ ग्राम ब्राउन सुगर फेला परेको एसपी थापाले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुवै जनालाई इटहरी उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको जानकारी एसपी थापाले दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल