Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ भदौं ।
म्यान्मारबाट विस्थापित १४ जना रोहिंग्या मुसलमान नेपाल प्रवेश गरेको पाइएको छ। उनीहरु भदौ १३ गते झापाको काँकडभिट्टा नाकाबाट प्रवेश गरी सुनसरी हुदै काठमाडौंको लसुनटारमा रहेको शिबिरमा बसेको पाइएको छ । उनीहरुलाई भित्राउन सहयोग गर्ने ब्यक्ति समेत पक्राउ परे संगै यो घटना थप पेचिलो बनेको छ । भदौ दोस्रो साता भित्रिएका उनीहरु सुनसरी हुदै काठमान्डौं गएको र केही मानिसहरु सुनसरीका विभिन्न ठाउँमा लुकेर बसेको आशंका गरिएको छ ।

पहिचान भएकाहरुलाई पक्राउ गरी भदौ २८ गते अध्यागमन विभागमा पेश गरिएकोमा फेरि काठमान्डौंको लसुनटार शिविरमै लगेर छाडिएको छ। उनीहरुसँग ५० हजार रुपैयाँ लिएर बुढानिलकण्ठ नगरपालिका ११ राम मन्दिर शिविरमा बस्दै आएका नुर आमिन भन्ने व्यक्तिले नेपाल ल्याउन र काठमाडौँ भित्र्याउन सहयोग गरेको आरोप लागेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले आमिनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ। अवैधरुपमा नेपाल भित्रिएका रोहिंग्यालाई राम मन्दिर शिविरमा राखिँदै आएको छ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल