Birat Post बिहिबार, आश्विन १४, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१४ विहिवार।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै भिड्ने मनस्थिति  बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गरेपछि एमाले एक्लै भिड्ने मनस्थितिमा रहेको बुझिन्छ ।
एमालेले योसँगै लगातार दुई वटा सर्वदलीय बैठक बहिस्कार गरेको छ । संघीय संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिष्कार गरेको थियो । उक्त बैठक बहिष्कारगरेरै सभामुखलाई जवाफ दिएको एमालेले यसपालि प्रधानमन्त्रीकै आह्वानलाईसमेत लत्याएर एक्लै भिड्ने मनस्थिति बनाएको बुझिन्छ ।

एमालेका एक नेताका अनुसार जहाँ नेकपा एकीकृत समाजवादी हुन्छ त्यहाँ एमाले नजाने सन्देश दिइएको छ । उनका अनुसार एमालेको लडाइँ नै अहिले नेकपा एस गठन सम्बन्धी हो । एमालेले कारबाही गरेका १४ सांसद मिलेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एस गठन भएको हो ।

एमालेले आफूले कारबाही गरेका सांसदलाई संसदभित्र प्रवेश गर्ने अनुमति दिनु गैरकानूनी हो भनिरहेको छ । एमालेले सभामुखको राजीनामासमेत मागेको छ । तर नेकपा एस गठन र सांसदहरुको कारबाही सम्बन्धमा संसदमा मुद्दा विचाराधीन रहेको छ ।

एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेसँगै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बसेर अवरुद्ध संसद खुलाउनुका साथै समसामयीक विषयमा कुराकानी गर्न खोजिरहेका थिए ।

तर एमालेले नै बैठक बहिस्कार गरेपछि यो बैठकको औचित्य पनि बैठक बस्नुअघि नै सकिएको छ । जुन सन्देश एमालेले सभामुखको सर्वदलीय बैठक बहिस्कार गरेर दिएको थियो त्यही सन्देश देउवाले बोलाएको बैठक बहिस्कार गरेर दिएको छ ।

यो बैठक बहिस्कार गरेसँगै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी बीचको दूरी झन् बढेको छ । देउवाले बिहीबार बिहान १० बजेलाई बैठक बोलाएका हुन् । यो बैठक बहिस्कार गरेसँगै एमाले सहमतिका लागि तयार छैन भन्ने स्पष्ट हो । र उसले आफ्नो बटमलाइन नछाड्ने सन्देश दिइसकेको छ ।

एमालेले कारबाही गर्नुपर्ने भनिए का सांसदहरुको जोडबलबाटै अहिलेको सत्ता गठबन्धन चलेको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले  सहभागीता र रणनीति बारेमा अझै टुङ्गो लागिनसकेको बताउँदै केही बेरमा तय हुने बताएका थिए ।

तर त्यसपछि उनले पनि मोबाइल स्वीच अफ गरेर बसेका छन् । अर्थात् एमालेले तत्कालका लागि बैठक बहिष्कार गरे पनि अबको रणनीति तय गरिसकेको छैन । सम्भवतः एमाले शुक्रबारदेखि शुरु हुने विधान महाधिवेशनको तयारीमा लागेको छ ।

हाम्रा कुरा डटकम बाट ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल