विराटनगर,२८ माघ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा कैलाश रेग्मी चयन भएका छन् । सोमबार मन्दिर व्यवस्थापन समितिकी संयोजक अञ्जु कार्कीको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई पुन: तीन वर्षका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै उपाध्यक्षमा नन्दकिशोर राठी, ...
विराटनगर ,२८ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र ...
विराटनगर,२८ माघ । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव सुरु भएको छ । लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने छ । महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा लागेका बालवालिकाहरुको ...
काठमाडौँ ,२८ माघ । आज अन्तरराष्ट्रिय दाल दिवस । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि ...
काठमान्डौं,२८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा विशेष सम्मान दिइने भएको छ । आइतबार परिवारसहित पोखरा पुगेका शाहलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको नागरिक अगुवाहरुले वताएका छन् । ...
काठमाडौँ ,२८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका ...
विराटनगर,२७ माघ । नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्यविभाजन गरेको छ । केन्द्रीय समितिको पछिल्लो बैठकको निर्णयअनुसार नयाँ कार्यविभाजन सहितको अन्तरपार्टी निर्देशन जारी भएको माओवादी केन्द्र कोशी प्रदेश कमिटिले जनाएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी ...
मोरङ,२७ माघ । मोरङको सुन्दरहरैँचामा विराट एक्स्पो हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने यो एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म सुन्दरहरैँचा–१० स्थित विराटचौकमा हुनेछ । आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक ...
विराटनगर,२७ माघ/ नागरिकता प्राप्त गर्ने प्रक्रियालाई छिटोछरितो र सहज बनाउने उद्देश्यले अनलाइन सिफारिस मोरङमा विराटनगर महानगरपालिकाको वडा नम्बर ९ बाट सुरु भएको छ । वडा नम्बर ९ को कार्यालयमा महानगर मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ...
रंगेली,२७ माघ । रंगेलीका छात्राहरुले पाठेघर क्यान्सर विरुद्धको खोप लगाएका छन् । रंगेली नगरपालिका १ गाहिगाडा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा विद्यार्थीहरूले यो खोप लाएका छन् । नेपाल सरकारले गत माघ २२ गतेदेखि ...
काठमान्डौं,२७ माघ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुने बताइएको छ । २९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ ...
काठमान्डौं,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्बाट पारित गर्ने बताएका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादाको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे। ...
विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने बताउनुभएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्धाटन ...
काठमाडौँ ,२५ माघ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन ...
विराटनगर ,२५ माघ । सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर बर्जू गाउँपालिका–४ का २८ वर्षीय रूपेशकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बर्जू–४ हस्नपुरमा बिहीबार बिहान शव फेला ...
चितवन,२४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ ...
चितवन,२४ माघ ।पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । साहारा चितवन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने माथि भइरहेको बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने ...
काठमाडौँ ,२४ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु ...
विराटनगर,२२ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता ...
काठमाडौँ ,२२ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन्। मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताए । ...
