विराटनगर,१३ माघ/ विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम ...
विराटनगर,१३ माघ / विराटनगर महानगरपालिकाले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण समग्र सहकारी ...
विराटनगर,१२ माघ । फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ । शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो । ...
काठमाडौं,१२ माघ । सत्तारुढ नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको निष्कर्ष निकालेको हो । यसबारे आफ्ना फरक ...
काठमाडौँ ११ माघ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, “क्रमशः बढ्दो तापक्रम र ...
झापा, माघ ११ । मेला या महोत्सव केवल मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य साम्रगीहरुको सूपथ मूल्यमा खरिद बिक्री समेत हुन्छ । तर, झापाको बिर्तामोडमा जारी ‘ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा भने सहभागीले ...
विराटनगर,११ माघ । लायन्स क्लब अफ विराटनगर इनोभेटिभले सुनसरीको चकरघट्टी महेन्द्रनगरमा रहेको महेन्द्र माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको इनोभेटिभकी अध्यक्ष रन्जिता खनाल पराजुलीले जानकारी दिइन् । झण्डै १ ...
विराटनगर,११ माघ । राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । बिहिबार विराटनगरमा भएको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । समितिमा उपाध्यक्ष लोकनाथ गौतम (ओखलढुंगा ...
काठमाडौं,११ माघ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार ...
विराटनगर,१० माघ । भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुने नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । पुष्पक ...
काठमाडौँ ,१० माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू-भागमा हुस्सु ...
विराटनगर,९ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङता तथा बहिरा व्यक्तिहरुको हकहितका सवालमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बहिरा सम्बन्धी साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा ...
विराटनगर,९ माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको ...
झापा, ९ माघ । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्गानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड ...
विराटनगर ,९ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तासाझेदार दलहरुले संझौता अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,नेपाली कांग्रेस र नेकपा एमालेको दुईतिहाइको सरकार छ । सात बुदे संझौता पनि भएकै छ ,तर काम भने जसरी ...
विराटनगर,८ माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । औपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भएपनि फुटबल खेल मंगलबारदेखि ...
विराटनगर,८ माघ । सीमावर्ती सहर भारतको जोगबनीमा रहेको कस्टम क्लियरिङ् एजेन्ट एसोसिएसनको अध्यक्षमा रामबाबु यादव विजयी भएका छन् । गत शुक्रबार भएको चुनावमा उनी अध्यक्ष बन्न सफल भएका हुन् । यस्तै उपाध्यक्षमा राम स्वार्थ यादव , भरत यादव ,सचिवमा विनोद ...
चितवन,८ माघ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन्। दुई ठूला दल मिलेर बनेको सरकारलेनै देशमा राजनीतिक स्थिरता दिने उनको तर्क थियो । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले दुई ...
काठमाडौं,८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।
काठमाडौं, ८ माघ । रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका छन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं ...
